२०८१ मंसिर २६ - Wed Dec, 2024 -

Janasewa News

रविको प्रश्न : जब अनुसन्धानको सुई कसैको ढोका ढकढक्याउन पुग्यो तब संविधानको याद आयो ?

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले कुनै एउटा व्यापारीको घरमा बसेर गरिएको सहमति कसरी राष्ट्रिय सहमति हुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा लामिछानेले आफ्नै दलका नेता, सांसद र जनतालाई थाहा नदिई मध्यरातमा भएको कस्तो सहमति हो भन्दै प्रश्न गरे ।

उनले आफ्नो दल सरकारमा गएर के गर्‍यो भन्नेलाई केही काम गर्न खोज्दैमा दुई ठुला दल रातारात मिल्ने अवस्था आएको उल्लेख गरे । जब अनुसन्धानको सुई कसैको ढोका ढकढक्याउन पुग्यो तब कांग्रेस र एमालेलाई रातारात कसरी संविधानको याद आयो भन्दै उनले प्रश्न गरे ।

दुई ठुला दल मिलेर देशमा शान्ति र सुशासन हुने भए ठिकै हुने बताउँदै पहिले नै मिलेको भए आफ्नो दलको जन्मनै नहुने बताए । उनले रास्वपालाई सरकारमा भन्दा प्रतिपक्षमै बस्न रमाइलो हुने उल्लेख गरे । लामिछानेले जनताले प्रतिपक्षमा बस्न मत दिएपनि जनतामा आशा दिनका लागि सरकारमा गएको बताए । प्रधानमन्त्री प्रचण्डसँग देशलाई सुशासन दिन छलफल गरेर चेकलिष्टसहित काम गर्न आएको र ४ महिनामा गरेको काममा आफै सन्तुष्ट नरहेको उल्लेख गरे ।

संसदमा २ महिनामा अवरोध, अदालतमा मुद्दै मुद्दा, विरोधै विरोधका बिच विभिन्न काम गरेको बताए ।

उनले भने,‘आधार प्रमाण, मुद्दा, उजुरी केहीपनि नभएको केशमा म सडक र सदनमा सहकारी ठग भनेर चिनिएँ । प्रमाणै प्रमाण बजारभरि छताछुल्ल भएको केशमा थाहा छैन, अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ । हामी यहीँ संसदमा बसेर हेरिरहने छौँ ।’

रमेश लेखक सम्भावित गृहमन्त्री बन्ने सुनेको बताउँदै उनले बाँसबारीको जग्गा ल्याउने स्टन्ट गरेको आरोप लगाएपनि त्यस्तै स्टन्ट गर्न आग्रह गरे । बालमन्दिरको जग्गा फिर्ता ल्याएजस्तै अरू जग्गाहरू फिर्ता ल्याएर स्टन्ट गर्न आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com