२०८१ माघ ५ - Sat Jan, 2025 -

Janasewa News

क्यानडालाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे तेस्रो

काठमाडौं । क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ मा तेस्रो भएको छ ।

आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ को बराबरी भएपछि खेल सुटआउटमा पुगेको हो ।

जहाँ उरुग्वेका लागि पेनाल्टी प्रहार गरेका चारै खेलाडीले गोल गर्दा क्यानडाका दुई खेलाडी चुके ।

उरुग्वेका लागि फेडेरिको भलभर्डे, रोड्रिगो बेन्टानकुर, डे अरास्काएटा रलुइस सुवारेजले गोल गरे ।

क्यानडाका लागि जोनाथन डेविड, मोइस बोम्बितो र माथिउ चोइनिइरेले मात्र गोल गरे ।

इस्माएल कोनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने अल्फोन्सोले डेविडले हानेको अन्तिम पेनाल्टी क्रसबारमा लागेको थियो ।त्यसअघि हार नजिक पुगेको उरुग्वेका लागि इन्जुरी टाइममा सुवारेजले बराबरी गोल गरेका थिए

खेलको आठौं मिनेटमा रोड्रिगोलबेन्ट नकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । मोनले २२औं मिनेटमा क्यानडाका लागि बराबरी गोल गरेका थिए ।

यस्तै ८०औं मिनेटमा जोनाथन डेविडले गोल गर्दै क्यानडालाई २-१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । तर, अन्तिम सममया सम्हालिन नसक्दा पहिलो सहभागितामै तेस्रो बन्ने अवसर क्यानडाले गुमायो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com