रनवे ०२ बाट उड्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटना भएको थियो सौर्य एयरलाइन्सको विमान
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । बुधबार बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमान दुर्घटना भएको हो ।
९ एन एमई सिआरजे २०० कलसाइनको विमान दुर्घटना भएको हो । विमान रनवे ०२ बाट उड्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।
क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले इकागजलाई बताए । उनका अनुसार हालसम्म १९ यात्रुको उद्धार भएको छ ।