२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

बराबरीमा रोकियो रियल म्याड्रिड

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड नयाँ सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।

गएराति सम्पन्न खेलमा रियल म्याड्रिड मल्लोर्कासँग १-१ गोलको बराबरीमा रोकिएको हो । रियल म्याड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलमा रियल म्याड्रिडका फेर्लान्ड मेन्डीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ९० मिनेटपछिको इन्जुरी समयमा मैदान छोडेका थिए ।

यो बराबरीपछि रियल म्याड्रिड र मल्लोर्काले एक एक अंक बाँडेका छन् र दुवैले नयाँ सिजनमा औसत सुरुवात गरेका छन् । यसै खेलबाट किलीयन एम्बाप्पेले ला लिगामा डेभ्यु समेत गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com