२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

सभामुखको कमजोरीले संसद बैठक बस्‍न सकेन – लेखनाथ दाहाल

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुखको पहलको अभावका कारण संसद बैठक बस्न नसकेको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले सभामुखले आइतबारका लागि निर्धारित समयमा बैठक नै नबोलाएको समेत बताए ।

माओवादी सशस्त्र द्वन्द्वको अपमान हुने गरि राखेको अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने माग स्पष्ट रहेको भन्दै उनले संसद चलाउने काम सभामुखको भएको तर्क गरे ।

दाहालले कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएपछि मुलुकको परिवर्तनकारी शक्तिहरूलाई कमजोर पार्ने षडयन्त्र भइरहेको बताए ।

दाहालले एमाले नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी प्रकरणको प्रारम्भिक छानबिनका क्रममा संग्लग्नता देखिएको दावी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com