२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

सहकारीमा रविको संलग्नता पत्याएकै थिइनँ, गगनलाई धन्यवाद : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताबारे विगतमा आफूलाई विश्वास नै नलागेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १०० दिने विशेष अभियानको शुभारम्भ गर्दै उनले सहकारीको रकम अपचलनको विषय महामन्त्री गगन थापाले उठान गरेको बताए ।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे, म त छक्कै परें कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई’, उनले भने ।

सभापति देउवाले पार्टीको संगठन विस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरुलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com