२०८२ असार ६ - Fri Jun, 2025 -

Janasewa News

हर्षको बलमा निराश गुलशन

काठमाडौं – नेपालका अलराउण्डर गुलशन झा आईसीसी विश्वकप लिग-२ मा क्यानडाविरुद्ध आउट भएका छन् । स्पिनर हर्ष ठाकेरको २८ औं ओभरको पहिलो बलमा गुलशन ३४ रनमा फस्टस्लिपमा नवनीत धालिवालबाट क्याच आउट भए । उनले ५६ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि कलिम सानाको १९ औं ओभरको पाँचौं बलमा फस्टस्लिपमा अरोन जोनसनले गुलशनको १० रनमा क्याच छाड्न पुगेका थिए ।

किंग सिटीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल २८ ओभरमा ८८-७ को अवस्थामा छ । सन्दीप लामिछाने १ र सोमपाल कामी २ रनमा क्रिजमा छन् ।

एक समय १२ ओभरमा ३६-५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि गुलशन र आरिफले ३४ रनको साझेदारी गरेका थिए ।

आरिफ शेख २३ औं ओभरको दोस्रो बलमा ३३ बल खेल्दै १० रनमा क्याच आउट भएका थिए । त्यसअघि अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४-४ रनमा आउट भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com