२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौँ – जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १०६ रनको लक्ष्य पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

समूह ए मा रहेको भारतको यो दोस्रो खेलमा पहिलो जित हो । यस अघि भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानको पनि यो दोस्रो खेलमा पहिलो हार हो । पाकिस्तानले यस अघि पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

अब भारतले अर्को खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने हच भने पाकिस्तानले शुक्रबार अस्ट्रेलियाको सामना गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com