२०८३ बैशाख १७ - Thu Apr, 2026 -

Janasewa News

कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु हुने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् ।

सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ । यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ ।

त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने छ ।

यसअघि आज मेयरको मतगणना नगर्ने समझदारी दलका प्रतिनिधिहरुबीच भएको थियो । तर सर्वदलीय बैठकले मेयरको पनि मतगणना गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com