२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

जनार्दन शर्मा भन्छन्– कम्युनिस्ट सरकार नै भ्रष्टाचारबाट माथि नउठ्दा जनताले प्रश्न उठाए

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्तामा जान कम्युनिस्ट पार्टी एकपछि अर्को गठबन्धन र कुर्सीको दौडमा लागेको आरोप लगाएका छन् । १३२ औँ माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको कार्यक्रममा उनले अब पुनर्गठनसहित माथि उठ्न आवश्यक भएको बताए ।

‘भ्रष्टाचारको दलदलबाट कम्युनिस्ट पार्टीका प्रधानमन्त्री नै माथि उठ्न नसक्दा जनताले प्रश्न गरेका छन् । अब कम्युनिस्ट आन्दोलनको पुनर्गठनसँगै वैचारिक राजनीतिक पुनर्गठन गर्न आवश्यक छ’, उनले भने ।

कार्यक्रममा उनले नेपालका कम्युनिस्ट आन्दोलनले माओबाट दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध कसरी लाग्नुपर्छ भन्नेबारे सिक्न जरुरी बताए ।

अहिले नेपालको राजनीतिक अवस्था न हास न बकुल्लाको चाल जस्तो भएको भन्दै  सत्ताको झिनाझम्टिमा मात्र लागिरहने हो ? भनेर प्रश्न गरे । साथै जनजीविकाका सवाललाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com