२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

हिउँदे अधिवेशनलाई जनताको जीवनमा सुधार ल्याउने गरी अघि बढाउन खबरदारी गर्छौं : जनार्दन शर्मा

काठमाडौँ । नेकपा -माओवादी -केन्द्र का उपमहासचिव जनार्दन शर्माले हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी अघि बढाउन प्रतिपक्षले खबरदारी गर्ने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उपमहासचिव शर्माले जनताको जनजीविकामा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्ने बताए । उनले देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदार गर्ने बताए । उनले सरकारले ल्याएका राम्रा कामको समर्थन र गलत क्रियाकलापहरूको खबरदारी गर्ने बताए ।

उनले भने, ‘हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी, जनजीविकाका प्रश्नमा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी हामी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्नेछौँ । देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदारी गर्नेछौँ ।’

उपमहासचिव शर्माले संविधान र संघीयता कार्यान्वयनमा भएका कमी, कमजोरीलाई सुधार गर्न कानुन निर्माण गर्नुका साथै अग्रगमनतिर बढ्न संविधान संशोधनमार्फत अघि बढ्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com