२०८१ चैत्र ९ - Sat Mar, 2025 -

Janasewa News

महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई ८२ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । चनिदा सुथिराङ, नताथा बूचाथाम र सुलिपर्न लाओमीले १-१ विकेट लिए ।

यस खेलमा विजयी भएमा वा थोरै अन्तरले पराजित भएमा पनि थाइल्याण्डले शृंखला जित्नेछ । नेपालका लागि भने सान्त्वना जित निकाल्ने अवसर छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com