२०८१ चैत्र ९ - Sat Mar, 2025 -

Janasewa News

अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेता शर्माले अध्यादेशबारे यस्तो टिप्पणी गरेका हुन् ।

‘मिठो कुरा पनि घाटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन । आज अध्यादेश कहाँ अड्किरहेका छन् ?’, प्रश्न गर्दै शर्माले भने, ‘एजेण्डामा छलफल गर्न किन पछि परिरहेको छ ? त्यसलाई छिटो छलफलमा ल्याउनुपर्‍यो ।’

उनले छलफलमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिने भन्दै त्यो घाटीमा अड्किएको हड्डीरुपी अध्यादेश छलफलमा ल्याउन सुझाव दिए ।

उनले संसदमा सांसद आफैले विधि नमान्ने गरेको भन्दै शक्ति र पावरले विधि मान्नुनपर्ने नेपाली प्रवृत्तिको विकास हुँदै आएकोमा चिन्ता प्रकट गरे ।

संसदमा हुने छलफल र बहसले समाजमा के रूपान्तरण भइरहेको छ भनेर बहस गर्नुपर्ने बेला भएको भन्दै उनले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुलाई आफू ठुलो र अर्को होचो बनाउने थलो बनाउनुको साटो देशको आवश्यकता र जनताका अपेक्षाका विषयहरू संसदमा छलफलको विषय बनाउनुपर्ने बताए । ‘तथ्य र परिणाम लुक्दैन । जनताले हेर्ने परिणाम हो । आग्रह पूर्वाग्रहपूर्ण संसदको बहसलाई बनाउनु हुँदैन । बहस अन्तैअन्तै गइरहेका छन्’, उनले भने, ‘सरकार ढल्यो ढल्यो.. वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन’, शर्माले भने, ‘जनजीविकाका सवालमा सरकारले के गर्छ ?चासो जनतालाई यो छ’, उनले जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्ने ? भनेर बहस गर्नुपर्ने बताए ।  रोगी र बिरामीहरूलाई कसरी उपचार सेवा दिन सकिन्छ भनेर र शिक्षाको सुधारको बहस हुनुपर्ने शर्माको जोड छ ।

‘हामी यो छलफल नगरेर एकले अर्कोलाई दोषी करार गर्नेतिर भयो । भ्रष्टाचारका सवालमा क्यान्टोमेन्ट होस् वा अरू शक्तिशाली आयोग बनाएर छानबिन गरौँ’, शर्माको चुनौती छ ।

उनले देशमा रोजगारी सिर्जना गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने, बाझो जमिन प्रयोगको नीति बनाएर उत्पादनमा बदल्नेजस्ता विषयमा बदलेर बरालिएको राजनीतिलाई सही दिशामा ल्याउनुपर्ने पनि बताए । ‘यहाँ सत्ता, बहुमत र दुई तिहाइको बलमा होइन, अध्यादेशकै सवालमा लेनदेन हुन्छ कि भन्ने प्रश्न उठिरहेको छ’, शर्माले भने, ‘यसको जवाफ लोकतान्त्रिक तरिकाले दिनुपर्छ ।’

उनले राष्ट्रिय गौरवका योजनाहरू पुरा हुन नसक्नुका कारणबारे बहस हुनुपर्ने भन्दै मन्त्री हुनेले आफ्नो क्षेत्रमा कुरा उठेकोबारे पनि छलफल गर्नुपर्ने बताए । त्यस्तै भ्रष्टाचार नियन्त्रण, सुशासन लागु गर्ने संस्कारको विकास गर्नुपर्नेमा अहिलेको बहसले सुशासनको प्रत्याभूति हुन नसक्ने बताए । सक्षम व्यक्ति र संरचना भएपनि काम नभएको भन्दै शान्ति प्रक्रियाको कुरा, भूकम्प पीडितका समस्या,पुनर्निर्माण बाढीपछिको पर्ननिर्माणबारे बहस हुन जरुरी रहेको शर्माको भनाइ छ । उनले राष्ट्रका एजेण्डामा बहस र छलफल गर्न प्रस्ताव गर्दै पूर्व मन्त्री समेत रहेका शर्माले राष्ट्रिय मुद्दामा केन्द्रित भएमात्र जनताले सुन्ने बताए । ‘हामीले भ्रष्टाचार, विकास र पहिचानको मुद्दा होला, सबैलाई सम्मान गर्ने र बहस छलफल गर्ने थलो संसदलाई बनाऊँ । विधि मिच्ने होइन बहस र छलफल गरौँ’, शर्माले भने राजनीति बरालिएकाले सही ट्रयाकमा लैजाउ । मिसन ८४ भनेको जनता ठग्ने कुरा हो । यो भ्रमबाट मुक्त हुनुपर्छ । नेपाल नेपालजस्तै भएर अघि बढ्नुपर्छ’, शर्माको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com