२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

झापाबाट सुरु भयो जनतासँग माओवादी तराई-मधेस जागरण अभियान

झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन् ।

झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छ्न। केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन् ।

गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com