२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

राजाको पक्षमा काठमाडौंमा केही भएकै छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शन सामान्य भएको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्न सोमबार धनगढी पुगेका सभापति देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

हिजो काठमाडौंमा अद्भुत प्रदर्शन भयो भन्ने हल्ला छ ? भन्दै देउवालाई सञ्चारकर्मीले प्रश्न गरेका थिए ।

जवाफमा देउवाले भनेका छन्, ‘कहाँ अद्भुत हुन्छ ? केही भएकै छैन ।’

उनले अहिले दुई दल सरकारमा रहेको र सरकार राम्रोसँग चलेको पनि जिकिर गरे ।

‘दुईवटा पार्टी सरकारमा छन् । राम्रैसँग चलेको छ । सरकारमा कुनै समस्या छैन,’ उनले भने ।

उनले ०८४ सम्म सरकार चल्ने पनि दाबी गरे । उनले पार्टीको महाधिवेशन समयमै हुने जिकिर गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com