२०८२ बैशाख १२ - Fri Apr, 2025 -

Janasewa News

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने

काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् ।

आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने बताए ।

सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो । कुलमानलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।

आज बसेको विपक्षी दलहरुको बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गरेको छ ।

बैठकपछि रास्वपा नेता परियारले भने– ‘देशको सेवा गरिरहेको काबिल कर्मचारीलाई, जुन शक्ति प्रयोग गरेर सेवाबाट हटाउने सरकारले निर्णय गर्‍यो, त्यसको विरुद्धमा सडकमा पनि आवाज उठेको छ,

आज हामी सदनमा पनि त्यस निर्णयका विरुद्ध, सरकारका विरुद्ध, सरकारले पछिल्लो समयमा गरेका सबै विकृति र विसंगति काफी छन्, त्यसका विरुद्ध आवाज उठाउने कुरा भयो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com