२०८२ असार ११ - Wed Jun, 2025 -

Janasewa News

राजावादी गतिविधिलाई समाजवादी मोर्चाले दियो अराजकताको संज्ञा

काठमाडौं । समाजवादी मोर्चाले राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको छ ।

शुक्रबार राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शन थियो । प्रदर्शनका क्रममा राजावादीबाट उच्छृङ्खल गतिविधि भएको भन्दै समाजवादी मोर्चाले विज्ञप्ति निकालेर राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको हो ।

‘यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एवं निन्दा गर्दछौं,’ समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।

राजावादीको गतिविधिमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

 

‘यस कार्यमा संलग्न आपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं

राजावादीहरूले ‘पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरूले अराजकता सिर्जना गर्दै’ अगाडि बढेको उनीहरूको निष्कर्ष छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेको भन्दै साजवादी मोर्चाले सरकारको ध्यानाकर्षण गरेको छ ।

निजी, सार्वजनिक सम्पत्ति, सञ्चार गृह लगायत तोडफोड तथा आगजनी गरेको भन्दै मोर्चाले यस्ता गतिविधिको भर्त्सना गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com