२०८२ असार ९ - Mon Jun, 2025 -

Janasewa News

भ्रष्ट्राचारीलाई कारबाही गर्न खोज्दा माओवादी नेतृत्वको सरकार ढाल्ने काम भयो प्रचण्ड

जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा बागलुङको बुर्तिवाङ र गलकोटमा आयोजित सभामा बोल्दै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बहुमतको घमण्ड गर्दा  सरकारबाट सडकमा पुग्ने चेतावनी दिएका छन । उनले देशमा भ्रष्टाचार बढाउने काम वर्तमान सरकारले गरेको आरोपसमेत लगाए । ‘भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा माओवादी नेतृत्वको सरकार ढाल्ने काम भयो,’ उनले भने, ‘देशीविदेशी शक्तिले माओवादीले काम गरेको देखि सहेनन् ।’

उनले माओवादीले गरेका राम्रा कामको प्रचार गर्न नसक्दा सरकारबाट बाहिरिनु परेको समेत बताए । निरास भएका जनतालाई आसा जगाउन पनि राजमार्गको यात्रा गरेको उनको भनाइ छ ।

दाहालले मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गसमेत आफ्नो पहल र निर्णयमा भएको दाबी गरे । ‘मैले २०६५ सालमा लोकमार्ग बनाउने निर्णय गरेको थिएँ, त्यसले अहिले पहाडी क्षेत्रको विकासमा योगदान पुगेको छ,’ उनले भने, ‘कसैले आएर गफ लगायो भने नपत्याउनु होला ।’

उनले २०६५ को सरकारले दूरगामी निर्णय र काम थालेको पनि दाबी गरे । हिमालको फेदीमा अर्को राजमार्ग आवश्यक छ । ती राजमार्ग जोड्न उत्तर-दक्षिण करिडोर चाहिएकोले काली गण्डकी लगायतका करिडोर बनेको उनको भनाइ छ । राष्ट्रिय एकता कायम गर्ने यी पूर्वाधार अब स्तरीय बन्नुपर्ने बताए

अर्को प्रसंगमा उनले उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना बागलुङतर्फ बनाउनु पर्ने धारणा राखे । रुकुम कि बागलुङ भन्ने भैरहेको अवस्थामा सस्तो र सहज रुपमा बनाउन सकिने र धेरै विद्युत् उत्पादन हुने भएकोले बागलुङतर्फ बनाउने काममा पहल गर्ने भन्दै स्थानीयलाई आश्वासन पनि दिए ।

यो अभियान माओवादीको मात्र नभई आम नागरिकको भइसकेको दाबीसमेत गरे । यो अभियान जस्तै पार्टी पनि सबैको आशा र भरोसाको बनाउने उनले बताए । जनतामा माओवादीप्रति आशा र भरोसा पलाएको समेत उनको दाबी छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com