सामाजिक अभियन्ता तथा पूर्वजनमुक्ति सेना मंगलसिंह प्रजा पक्राउ

प्रहरीले नेकपा माओवादी केन्द्रको युवा नेता, सामाजिक अभियन्ता तथा पूर्वजनमुक्ति सेना मंगलसिंह प्रजालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।
एसपी दीपकराज अवस्थीका अनुसार उनले कानूनले वर्जित गरेका सामग्री सामाजिक सञ्जालमा प्रकाशन गरेका थिए।
त्यसकै आधारमा बानेश्वरबाट पक्राउ गरिएको उनले बताए।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप छ। उनले के कस्ता सामग्री राखेका थिए खुलेको छैन।
उनीले विगत लामो समय देखी सामाजिक सञ्जालमार्फत सरकारका गलत क्रियाकलाप, व्यथिती, अनियमिततालगायतका विषयमा आवाज उठाउदै आएका थिए।



