२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेल भेट्न पुगे शीतल निवास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् ।

विशेष महाधिवेशन आव्हानपछि विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई पार्टीमा अर्थपूर्णरूपमा हेरिएको छ । तर, भेटघाट पार्टीको आन्तरिक हो वा समसामयिक विषय खुलेको छैन ।

यसअघि आज बिहान देउवा र शेखर कोइरालाबीच भेट भएको थियो । देउवा शीतल निवास जानुछ भन्दै पछि थप कुरा गर्ने भन्दै शीतल निवास लागेका हुन् ।

दुवै पक्षबीच सघन संवाद भइरहेपनि अहिलेसम्म निचोड निस्किएको छैन । विशेष महाधिवेशन स्थगित गरेपछि मात्र थप कुरा गर्ने अडानमा संस्थापन पक्ष छ ।

प्रतिनिधिसभाको उम्मेदवारी दर्ता र राष्ट्रियसभाको चुनावपछाडि महाधिवेशनको तालिका ल्याउने प्रस्ताव संस्थापनले राखेको छ । महामन्त्रीद्वय २७ -२८ को बटमलाइनबाट टसमस भएका छैनन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com