२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जित

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ ।

टीयु क्रीकेट मैदानमा जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा उपकप्तान पूजा महत्तोले अर्धशतक प्रहार गरिन् ।

उनले ३० बलमा ५२ रन बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्माले २२, बिन्दु रावल १५, सम्झना खड्का ९, कविता जोशी १, सीता रानामगर ११ र रुविना क्षेत्रीले २ रन बनाए । बलिङमा जिम्बाबेकी जोसेफिन न्कोमोले सर्वाधिक २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।जिम्बाबेकी केलिस धलोभुले अविजित ५२ रन बनाइन् ।बलिङमा नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन् ।

सुरुवाती दुई खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com