२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना

काठमाडौँ । युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्‍वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिएको छ ।

खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍यो । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो ।

४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए ।

खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।

अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com