टुकल र कोन्टेलाई कारवाही
टुकल र कोन्टेलाई कारवाही
एजेन्सी । इङ्लिस फुटबल एसोसियसनले चेल्सीका मुख्य प्रशिक्षक थोमस टुकल र एन्टोनियो कोन्टेललाई कारवाही गरेको छ ।
टुकललाई एक खेलको टचलाइन प्रतिबन्ध लगाएको हो । प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटेनहमविरुद्धको खेलपछि टोटेनहमका प्रशिक्षक कोन्टेसँग झगडा गरेको कारण टुकललाई प्रतिवन्ध लगाइएको हो ।
प्रतिवन्धसँगै टुकललाई ३५ हजार पाउन्ड जरिवाना गरिएको छ । यता टोटेनहमका मुख्य प्रशिक्षक कोन्टेलाई भने १५ हजार पाउण्ड जरिवाना गरिएको छ । प्रिमियर लिग अन्तर्गतको खेलमा टोटेनहम र चेल्सीले २–२ गोलको बराबरी खेलेका थिए । त्यसै खेलमा दुई प्रशिक्षकबीच झगडा भएको थियो ।