२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

राराब क्याम्पसमा चुनावी चहलपहल

राराब क्याम्पसमा चुनावी चहलपहल

जनकपुरधाम । केही साताअघिसम्म खाली देखिने जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पस अहिले भरिभराउ देखिन थालेको छ । करिब डेढ दशकपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनले गर्दा न्यून संख्यामा विद्यार्थी देखिने राराब क्याम्पसमा चुनावको मिति नजिकिँदै जाँदा विद्यार्थीहरूको आवागमन बढ्न थलेको हो । कुनै समयमा विद्यार्थीले अवसर पाउन शैक्षिक सत्र कुर्नुपर्ने अवस्थामा रहेका राराब क्याम्पस एक दशकदेखि विद्यार्थीविहीन बनेका थिए ।

डेढ दशकअघिसम्म नेपालकै प्रमुख क्याम्पसको चर्चा बटुलेको राराब क्याम्पस एक दशक यतादेखि पढाइभन्दा पनि परीक्षा दिएर डिग्री लिने थलोको रूपमा परिचित भएका थिए । तर दुईरतीन वर्षदेखि प्राविधिक शिक्षा अवलम्बन गर्न थालेपछि विद्यार्थीको संख्या दोब्बरले वृद्धि भएको छ । प्राविधिक शिक्षाले विद्यार्थीको संख्यामा ह्वातै वृद्धि भए पनि प्राविधिक शिक्षाबाहेक परम्परागत संकायमा विद्यार्थी हेर्न मुस्किल छ ।

गत केही दिनदेखि विद्यार्थीको संख्या बढेको अवस्थाले राराब क्याम्पस विद्यार्थीहरूको रोजाइभन्दा राजनीतिक आस्थाको केन्द्र बन्न गएको प्रष्ट हुन्छ । आइतबार करिब ९ देखि १० बजे सम्म क्लासको समय भए पनि अधिकांश विद्यार्थी कक्षा कोठा छोडेर क्याम्पस परिसरमा चुनाव तयारीको कुरा गर्दै हिलडूल गर्दै देखियो । प्राविधिक शिक्षातर्फका बिबिए, बीएसआईटी र परम्परागत शिक्षापतर्फ बाणिज्य संकायका केही विद्यार्थीहरू कक्षा कोठामा पढिरहेको मात्र देखियो भने अन्य संकायका कक्षाकोठा खाली देखियो ।

स्ववियुमा नेतृत्वका लागि उम्मेदवार बनेका विद्यार्थी नेताहरू क्याम्पस परिसरमा विद्यार्थीहरूलाई जम्मा गरेर मतदानका लागि सम्झाइ रहेको पाइयो । शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलाप सुनसान हुने क्याम्पसमा स्ववियू निर्वाचनको प्रभावले चहल पहल बढेको देखियो । एकदम न्यून संख्यामा विद्यार्थी देखिने यस क्याम्पसमा अहिले विद्यार्थीहरूको चहल पहल बढेको बारे क्याम्पसका प्राध्यापक र कर्मचारीहरूले स्ववियू निर्वाचनका लागि चहल पहल बढेको बताए ।

क्याम्पस प्रमुख प्रदिप यादवले पठन पाठनका लागि विद्यार्थीहरू पहिलादेखि नै ४० प्रतिशतको हाराहारीमा आइरहेको थियो । तर अहिले स्ववियू निर्वाचनले गर्दा अहिले क्याम्पसमा बढी नै चहल पहल बढेको बताए । राजनितिले व्यक्ति, परिवार, समाज कसैलाई पनि नछोडेकाले युवा विद्यार्थीहरूमा पनि त्यसको असर पर्नु स्वभाविक नै हो । त्यसैले चुनाव नजिकदै जाँदा विद्यार्थीहरूको संख्या बढेको हो,ु भने ।

देशकै जेठो क्याम्पसको रुपमा रहेको २०१४ सालमा स्थापित करिब सात दशक पुरानो यस राराब क्याम्पससहित अन्य क्याम्पसको दुरावस्थामा सरकार र त्रिभुवन विश्वविद्यालय नै प्रमुख दोषी रहेको क्याम्पस प्रमुख यादवले आरोप लगाए । त्रिविविले पढाउने संकायहरूको इजाजत आंगिक क्याम्पसबाहेक अन्य निजी कलेजरक्याम्पसहरूलाई समेत दिने गरेको कारण विद्यार्थी संख्यामा कमी हुन गएको हो,ु उनले भने, ुत्यसको परिणाम निजी क्याम्पसमै राम्रो पढाइ हुन्छ भन्ने विद्यार्थीहरूको मनोविज्ञानमा बसेको कारण यहाँ विद्यार्थीको संख्यामा कमी हुनु स्वाभाविक नै हो ।

राज्यको गलत नीतिकै कारण सरकारी क्याम्पसको अवस्था दयनीय रहेको बताउँदै उनले अझै केही नबिग्रिएको बताए । नीतिमा परिवर्तन गरेर सीमित संकायको इजाजत मात्र निजी कलेजरक्याम्पसहरूलाई इजाजत र पदाधिकारी, शिक्षकरकर्मचारीको समयमै सरुवा बढुवा पदपूर्ति र प्राविधिक शिक्षामा जोड दिए राराब क्याम्पस मात्र त्रिवित्रिको सबै आंगिक क्याम्पसको अवस्थामा सुधार आउने उनको भनाइ छ ।

यता विद्यार्थी नेताहरू डेढ दशकसम्म स्ववियु नेतृत्ववीहीन बनेकाले क्याम्पस प्रशासन गर्दै आएको मनमौजीको कारणले क्याम्पसहरूको अवस्था दयनीय हुन गएको आरोप लगाए । स्ववियु सभापतीमा उम्मेदवार बनेका नेविसंघका मनिष कुमार यादव र जविसंघका मो। ईजाज मोमिनले क्याम्पस प्रशासनको मनपर्दीले क्याम्पसहरूको अवस्था दयनीय हुन गएको बताए ।

स्ववियु निर्वाचनमा सभापतिका दलीय उम्मेदवारहरू क्याम्पसको दुरावस्थाको कारक प्रध्यापक, शिक्षक र लापरवाह क्याम्पस प्रशासनलाई बताउँदै त्यसैलाई केन्द्रितगरी चुनावी एजेन्डा नै बनाएका छन् । लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त कुमार झा, समाजवादी विद्यार्थी युनियनका उम्मेदवार गौतम यादव चोरबार सहितकाले स्ववियुले नेतृत्व पाएपछि राराब क्याम्पसको शैक्षिक अवस्थासहित सबैमा सुधार आउनेछ बताए ।

स्ववियू निर्वाचनले गर्दा क्याम्पसमा चहल पहल बढेको बारे तिनीहरूले भने क्याम्पस प्रशासनको कमी कमजोरीले गर्दा सबै संकायमा नियमित रूपमा कक्षा संचालन नहुँदा विद्यार्थीहरूको संख्यामा कमी आएको थियो । तर चुनावले गर्दा विद्यार्थीहरूको रुझान बढेको कारण चहल पहल बढनु स्वाभाविक नै हो ।

जनकपुरधामका समाजसेवी दाताहरू रामस्वरुप साह र रामसागर साह तथा उनका परिवारले आफनो निजी करिब ६९ विग्घा जग्गा दानगरी स्थापना गरिदिएको क्याम्पसले जनकपुरधाम र धनुषालाई मात्र नभई नेपालकै दजर्नौ जिल्लालाई कुनै समयमा साक्षर बनाउने काम गरेका थिए । तर हाल जिर्नोदार र संरक्षणको अभावमा दयनीय अवस्थामा पुगेको छ । संरक्षण र सरसफाईको आभावमा केही भवनहरू जीर्ण बनेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com