२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

अर्जेन्टिनाका विश्वकप बिजेता एलेक्सिस म्याक एलिस्टर लिभरपुलमा आवद्ध

काठमाडौँ-  सन् २०२२ को विश्वकप बिजेता अर्जेन्टिनाका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टर इंग्लिस क्लब लिभरपुलमा आवद्ध भएका छन् । लिभरपुलले इंग्लिस क्लब ब्राइटन एन्ड होभ आल्वियनबाट क्लब फुटबल खेल्दै आएका एलिस्टरलाई ५ वर्षको सम्झौतामा खरिद गरेको पत्रकार फाब्रिजिओ रोमानोले उल्लेख गरेको छन् ।

ब्राइटनको अनुमतिमा मंगलबार मेडिकल टेस्टहरू पूरा गरेपछि लिभरपुलले बुधबार मिडफिल्डरको हस्ताक्षर लिन रिलिज क्लज ट्रिगर गरेको छ । लिभरपुलले क्लजमा भएको ३५ मिलियन पाउण्ड ब्राइटनलाई तिरेर एलिस्टरलाई क्लबमा भित्राएको हो ।

एलिस्टरले ब्राइटनका लागि ११२ खेलमा २० गोल गरेका थिए जसम्धय १० गोल २०२२-२३ सिजनको इंग्लिस प्रिमियर लिगमा आएको थियो ।

एलिस्टर सन् २०१३ मा पेपे रेना पछि लिभरपुलका लागि खेल्ने पहिलो विश्वकप विजेता बन्ने छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com