२०८३ बैशाख १८ - Fri May, 2026 -

Janasewa News

संवैधानिक परिषद्‌को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी

काठमाडौँ – नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । शुक्रबार साँझ  बालुवाटारमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बैठक सुरु भएको हो ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संवैधानिक परिषद्को बैठक डाँकेका हुन् । यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो ।

शुक्रबारको परिषद् बैठकको तयारी स्वरुप बिहीबार प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल भएको थियो ।

आजको बैठकबाट सिफारिसमा परेका मध्येबाट प्रकाशमान सिंह राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com