२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

कांग्रेसका संस्थापन निकट १७ भ्रातृ संगठन द्दारा विशेष महाधिवेशनको विपक्षीमा उभिन् संयुक्त अपिल

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट १७ भ्रातृ संगठनले विपक्षीमा संयुक्त अपिल जारी गरेका हुन्।

अपिलमा भनिएको छ, ‘हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आव्हान गर्दछौ। नेपाली कांग्रेसका सभापति पदाधिकारीहरू तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौं। नियमित महाधिवेशन को मिति वैशाख २८ गते देखि ३१ सम्मका लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्षकमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन।’

यो समयमा सबै नेता कार्यकर्ताहरू तथा शुभेच्छुक लाई संयमित भएर जिम्मेवारीपूर्ण तरिकाले सबैको सहअस्तित्व लाई स्वीकार गरेर सहमति मार्फत नै अघि बढ्न अनुरोध गरेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com