२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज र एनआरटीको खेल बराबरीमा सकियो

काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज सोमवारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टीम ९एनआरटी० ले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै ब्रिगेड ब्वाइजको दुई खेलमा चार अङ्क भएको छ भने एनआरटीले खाता खोलेको छ ।

ब्रिगेडले पहिलो खेलमा एपीएफलाई हराएको थियो भने एनआरटी मच्छिन्द्रसँग पराजित भएको थियो ।

यस्तै आजको दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com