२०२२ को टी २० विश्वकप छनोट : नेपालले ओमानमा खेल्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटका लागि समूह विभाजन गरिएको छ । सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोटमा नेपाल रहेको समूहमा बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स, यूएई, ओमान र आयरल्याण्ड परेका छनन् ।
समूह ‘ए’ मा परेको नेपालले आगामी फेब्रुअरी १५ देखि २५ तारिखसम्म आयरल्याण्ड, युएई, ओमान जस्ता बलिया टिमसँग मुख्य प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै समूह ‘बी’ को छनोट जिम्बावेमा हुनेछ । जहाँ जिम्बावेसहित हङकङ, नेदरल्याण्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर, अमेरिका छन । उक्त प्रतियोगिता जुलाई ८ देखि १८ सम्म हुनेछ ।
दुबै समुहका शीर्ष दुई स्थानमा पुग्ने टिमले अष्ट्रेलियामा हुने विश्वकप खेल्न पाउनेछन ।