२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

नेपाल राष्ट्र बैंकले शेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र रहेको बताए

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र रहेको बताएको छ । राष्ट्र बैंक आफैंले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शेयर बजारबारे राष्ट्र बैंक सकारात्मक रहेको प्रतिक्रिया दिएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितोमा जाने कर्जामा कडाइ गरेको थियो । अहिले शेयर धितोमा कुनै एक बैंकले एक व्यक्तिलाई ४ करोड र बढीमा १२ करोड रुपैयाँमात्रै ऋण लगानी गर्न सक्छन् । यो व्यवस्था पछि शेयर बजार घटेको भन्दै राष्ट्र बैंकको लगानीकर्ताहरुले चर्को आलोचना गर्ने गरेका छन् ।

बुधबार यसबारे आर्थिक पत्रकारहरुले राखेको जिज्ञासामा राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख डा। प्रकाशकुमार श्रेष्ठले राष्ट्र बैंक शेयर बजारका विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । ‘पुँजी निर्माण हुने महत्वपूर्ण क्षेत्र शेयर बजार हो, यस विषयमा राष्ट्र बैंक सकारात्मक छ’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com