२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिइदै

काठमाडौं । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फरमेशन डे’ हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिदै आएको एजुकेशन प्लानेटले ‘अष्ट्रेलिया जान अब नो झन्झट, वान डे–वान स्पोट, इट्स इ–प्लानेट एक्सक्लुसिभली अष्ट्रेलिया’ नाम गरिएको विषेश शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

यस कार्यक्रम काठमाडौंस्थित आफ्नै संस्थाको केन्द्रीय कार्यालय बागबजारमा पौष २५ गते हुनेछ, भने २७ पौषमा भरतपुर गार्डेन रिसोर्ट चितवनमा आयोजना गरिने भएको छ ।

यस कार्यक्रममार्फत अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुसँग त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत परामर्श दिइनेछ । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तीलगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उद्देश्यले राखिएको छ ।

मेलामार्फत् छात्रवृत्ती सम्बन्धी जानकारी, प्राप्ताङ्कमा सुधार ल्याउने तरिका र अष्ट्रेलिया पुगेपछिको करियरका बारेमा पनि जानकारी दिइने बताइएको छ । १५ भन्दा बढी युनिर्भसिटी तथा कलेज प्रतिनिधिमार्फत एकै दिन एकै छानामुनि सम्पूर्ण जानकारी दिने उदेश्य राखिएको यस कार्यक्रममा स्कलरशीप, ग्रान्ट्स, करियर स्कोपका साथै अष्ट्रेलियामा काम गर्न र छिटो–छरितो तरिकाले भिसा लगाउन चाहिने आवश्यक काजजात र आर्थिक लगानीको बारेमा समेत जानकारी दिइने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com