२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

एमाले ले सरकार सञ्चालन गर्दा धेरै सकारात्मक काम गरे : पृथ्वी सुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेले नेपालमा लोकप्रिय सरकार सञ्चालन गरेर पनि क्रान्ति सफल हुनसक्छ भनी प्रयोग गरेको बताएका छन् । प्रेस चौतारी काठमाडौँको पाँचौ अधिवेशनको उद्घाटन कार्यक्रममा उनले पार्टीले सरकार सञ्चालन गर्दा धेरै उपलब्धि हासिल गरेको बताए ।

एमालेले सरकार सञ्चालन गर्दा धेरै सकारात्मक काम गरे पनि त्यो बिकाउन नसकेको उनको भनाइ छ । उनले भने, “बोल्नेको पिठो बिक्छ र नबोल्नेको चामल बिक्दैन भन्ने उखान छ, हामीले बासमती चामल पनि बेच्न सकेका छैनौँ ।”

प्रेस चौतारी नेपालले देशको स्वाधीनता, स्वायतत्ता र देशभक्तिका पक्षमा कलम चलाउनुपर्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुखसमेत रहेका गुरुङको जोड छ । सङ्गठन अरु २१ वटा जनवर्गीय सङ्गठभन्दा फरक भएर काम गर्नुपर्ने उनले औँल्याए । एमाले सरकारले अघि सारेका धेरै जनतासँग जोडिने कार्यक्रमले अहिले निरन्तरता नपाएको उनको भनाइ छ ।

पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आगामी निर्वाचनमा हामीले यी काम गरेका थियौँ भनी देखाउन सक्ने काम गरेको बताए । प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले मिडियाले निर्माण गर्ने विचारले नै पार्टीको छवि निर्माणमा भूमिका खेल्ने बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सङ्गठले विगतदेखि नै निर्वाचनको समयमा पार्टीलाई सहयोग गर्दै अघि बढिरहेको बताए । एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले पार्टी र सङ्गठनबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com