२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

प्रिमियर लिग : सिटी बराबरीमा रोकियो, म्यानचेस्टर युनाइटेडसँग वेस्टह्याम पराजित

गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १२औँ स्थानमा रहेको साउथह्याम्टनसँग एक-एक गोलको बराबरी गरेको हो ।

खेलको सातौँ मिटेनमा साउथह्याम्टनका केली वाल्कर पिटर्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६५औँ मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई हारबाट जोगाए ।

बराबरीसँगै म्यानचेस्टर सिटीको ५७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४५ अङ्क छ । यस्तै, गएराति नै भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड, न्युक्यासल, वुल्भ्स् र एस्टोन भिल्ला विजयी भएका छन् ।

म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई, न्यु क्यासलले लिडस् युनाइटेडलाई र एस्टोन भिल्लाले एभर्टनलनई १–० गोल अन्तरले हराए भने वुल्भ्स्सँग ब्रेनफोर्ड २–१ गोल अन्तरले पराजित भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com