२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

पूर्व सुरक्षाकर्मी परिषद् नेपालले एमसीसी सम्झौता खारेज गर्न गरे माग

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद् नेपालले एमसीसी तत्काल खारेज नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

एमसीसी देशहितमा नभएको र बहु–विवादित भइसकेकाले खारेज गर्नुपर्ने परिषद्को भनाइ छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका पूर्वसहायकरथी डा।प्रेमसिंह बस्न्यातले एमसीसीलाई मुलुकको हितमा नरहेको बताए ।

उनले एमसीसी पास गरेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सबै नेपालीले कारवाही गर्ने चेतावनी दिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रदीप ज्ञवालीले अमेरिकामा ८ वटा सम्झौता गरेर लुकाएको उनले आरोप लगाए ।

परिषदका उपाध्यक्ष खगेन्द्र बस्नेतले सम्झौता पास नर्गन सरकारलाई खबरदार र नेपाली जनतालाई सचेत गराउन आफूहरुले खोजेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com