२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

चुनावी प्रतिस्पर्धाको नाटक मात्रै हो : संयोजक आहुती

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल का : संयोजक विश्वभक्त दुलाल (आहुती )

बितेका कुनै पनि युगमा शोषक वर्ग र शोषित वर्गका बीचमा प्रतिस्पर्धा हुनै सकेन। आज पनि श्रमिक वर्ग एवं उत्पीडित समुदाय र पुँजीपति वर्ग एवं उत्पीडक समुदायबीच राजनैतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा प्रतिस्पर्धाबाट श्रमिक वर्ग र उत्पीडित समुदायको मुक्ति प्रगति असम्भव छ।

त्यस्तो यसकारण हुँदै आयो कि प्रत्येक शोषक वर्गको व्यवस्थामा आधारभूत वैचारिकी, प्रणाली, संयन्त्र र संस्कृतिको बागडोर शोषक वर्गले अरूलाई छुनै नदिने गरी कब्जा गरेको हुन्छ। जहाँ जहाँ शोषित वर्ग र उत्पीडित समुदायलाई प्रतिस्पर्धा गर्न दिइन्छ , ती आधारभूत क्षेत्र हुन्नन् बरु ती त विद्यमान शोषक वर्ग र उत्पीडक समुदायको व्यवस्थालाई निरन्तरताका निम्ति फगत कथिएका भाष्यगत क्षेत्र मात्र हुन्छन् ।

त्यसैले त्यस्ता क्षेत्रमा शोषित वर्ग र उत्पीडित समुदायको कतिपय बेला देखिने धेरथोर सफलताले आधारभूत रूपमा विद्यमान शोषक वर्गकै व्यवस्थालाई थप मजबुत बनाउने काम पो गरिरहेका हुन्छन्।

वास्तवमा विगत सयौं बर्षको इतिहासबाट प्रष्ट शिक्षा लिनैपर्दछ कि श्रमिक वर्ग एवं उत्पीडित समुदायले पुँजीपति वर्ग र उत्पीडक समुदायसँग प्रतिस्पर्धा गर्न नै सक्दैन, त्यसो गर्नतिर लाग्नु ऐतिहासिक भूल हुनेछ।

श्रमिक वर्ग एवं उत्पीडित समुदायले त केवल पुँजीपति वर्ग एवं उत्पीडक समुदायसँग लड्न मात्र सक्दछ, त्यस लडाईमार्फत् उनीहरू या त विजयी भएर मुक्त हुनेछन् या हारेर पुनः नयाँ लडाइँको तरिका खोज्नेछन्।

श्रमिक वर्ग एवं उत्पीडित समुदायसँग जित्ने वा हारेर फेरि जितको योजना बुन्ने छुट छ तर कदापि शोषक वर्ग एवं उत्पीडक समुदायसँग प्रतिस्पर्धामा भुल्ने छुट छैन। आजको पुँजीपति वर्ग र उत्पीडक समुदायको राज्यले आयोजना गर्ने चुनावी प्रतिस्पर्धाको नाटकलाई पनि श्रमिक वर्ग र उत्पीडित समुदायले यही दृष्टिले हेर्नैपर्छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com