२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

अमेरिकी सहायता परियोजना एमसीसी विरुद्ध एकीकृत समाजवादीका भातृ संगठनहरूले गरे प्रदर्शन

काठमाडौँ । अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध एकीकृत समाजवादीका भ्रातृ संगठनहरूले प्रदर्शन गरेका छन् । उनीहरूले आइतबार बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा समाजवादीको भ्रातृ संगठन अनेरास्ववियु, युवा संघ नेपाल, समाजवादी अपाङ्गता संगठन नेपाल, अखिल नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ समाजवादीलगायतका संगठनहरू प्रदर्शनमा सहभागी थिए ।

प्रदर्शनकारीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसीलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा पार्टीसँग आबद्ध भ्रातृ संगठनका नेताहरूले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रूपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमसीसी यथास्थितिमा स्वीकार्य नहुने अडान राख्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com