२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

भारतमा थप १३ हजार ४०० जनामा कोरोना पुष्टि

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् ।

यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३४ हजार २२६ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको संख्याभन्दा सङ्क्रणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख ५८ हजार ५१० जना सङ्क्रमणमुक्त भएका छन् ।

अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २३५ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार ३४४ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com