२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

दुई देश विच द्धन्द बढ्दै गएपछि युक्रेनमा संकटकालको घोषणा

एजेन्सी । युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो ।

युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ ।

बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो । सो संसदमा कायम रहेका ४५० जना सांसदहरुमध्ये ३३५ जनाले सरकारले ल्याएको संकटकालको पक्षमा मतदान गरेका थिए ।

पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गर्नु भएको छ ।

पछिल्लो समयमा युक्रेनमा तनाव बढेको छ । अमेरिका लगायतका केही पश्चिमा देशहरुले युक्रेनबाट आफ्ना कूटनीतिक कर्मचारी र नागरिकहरु पनि फिर्ता लगेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com