२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

गण्डकी प्रदेश बागलुङ कालिकाको भेटी अब सिधै बैंकको खातामा

रासस । बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ । प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलब्ध गराएको हो ।

क्यूआर कोड हस्तान्तरण गर्दै नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा. रामशरण खरेलले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने बताए । “देश डिजिटल युगमा प्रवेश गर्ने भनेको छ, अब हामी मन्दिरमा भेटी पनि डिजिटल माध्यामबाट चढाउन सक्छौँ”, उनले भने, “नोटको सुरक्षामा यो प्रविधि निकै उपयुक्त हुनेछ ।” मन्दिर र चाडपर्वका बेला नोटको प्रयोग हुँदा भिज्ने, च्यातिने, रङहरू लाग्ने लगायत समस्या हुने गरेको भन्दै उनले नोट छपाइमा लाग्ने राज्यको खर्च जोगाउन प्रविधि सहयोगी बन्ने बताए ।

मन्दिर परिसरमा क्यूआर कोड राखिने छ । सबै भक्तजनको पहुँचमा हुने क्यूआर कोड स्क्यान गरेर कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको खातामा भक्तजन तथा दाताले सिधै रकम जम्मा गर्न सक्ने छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आज मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर कोड हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) बागलुङका अध्यक्ष हिराबहादुर केसीले पर्यटकीय कालिका मन्दिरलाई प्रविधिमैत्री बनाउन लागेको खुसी व्यक्त गरे । नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले धार्मिक पर्यटनको विकासमा लाग्न सबैलाई आग्रह गरे । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटी सदस्य कुसुम बुढाले बैंक तथा वित्तीय संस्थाले तल्लो वर्गका नागरिकको पहुँचमा पुगेर काम गर्नुपर्ने बताए ।

क्यूआर कोडको सुरुआत गर्दै प्रभु बैंक बागलुङ शाखाले कालिका मन्दिरको लागि रु पाँच हजार ५५५ र नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा।रामशरण खरेलले रु एक हजार १११ सहयोग गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com