२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

‘ग्याल्पो ल्होसार’को अवसरमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले शेर्पालगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदायको विशेष पर्व ‘ग्याल्पो ल्होसार’को अवसरमा भोलि (विहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै फागुन १६ गते बसेको मन्त्रिपरिषदको बैठकले ग्याल्पो ल्होसारको अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ–संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठमा हुर्किएका शेर्पालगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय भोलि ग्याल्पो ल्होसार मनाउँदैछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com