२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

जेलेस्कीको ‘वान टु वान’ वार्ता प्रस्ताव, पुटिनले भने- ‘पश्चिमाहरूले युक्रेनलाई रुस विरोधी बनाउन खोजे’

एजेन्सी । युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘वान टु वान’ वार्ताको प्रस्ताव गरेका छन् ।
मानवीय सङ्कट गहिरिँदै गएको र संवादले मात्रै युद्ध अन्त्य गराउन सक्ने भन्दै जेलेस्कीले पुटिनलाई वर्ताको अह्वन गरेका हुन् ।

उत्व प्रस्तावको जवाफ दिँदै पुटिनले युक्रेनमा सैन्य अतिक्रमणको बचाउ गर्दै योजनाअनुसार अगाडि बढिरहेको बताएका छन् ।
रुस र युक्रेनका नागरिक एउटै भएको तर्क गर्दै उनले पश्चिमाहरूले युक्रेनलाई रुसविरोधी बनाउने प्रयास गरेको आरोप समेत लगाए ।

यसैबीच, युद्धविरामसम्बन्धी वार्तामा युक्रेनी र रुसी वार्ताकारहरूले प्रगति न्यून रहेको छ । सर्वसाधारणका निम्ति सुरक्षित निकासको आवश्यकतामा दुवै पक्ष सहमत भएका छन् ।

त्यो नतिजा निस्के पनि किएभले अपेक्षा गरेअनुरूप परिणाम आउन नसकेको युक्रेनका एक वरिष्ठ अधिकारीले बताए । पुटिनले युक्रेनमाथि गरिएको अतिक्रमणलाई सही ठहर्‍याएकै बेला वार्ताको नतिजाबारे विवरण सार्वजनिक भएको हो । अज्ञात स्थलमा भएको वार्तामा रुसी र युक्रेनी प्रतिनिधिहरू सम्भावित युद्धविरामबारे सहमत भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com