२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एमसीसी खारेज नभइन्जेलसम्म जनताले संघर्ष गर्नुपर्छ : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी कुनै पनि हालतमा खारेज हुनुपर्ने बताएका छन् । शुक्रबार खुला मञ्चमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । ‘एमसीसी कुनै पनि हालतमा खारेज हुनुपर्छ,’ अध्यक्ष केसीले भनेका छन्, ‘एमसीसी जहिलेसम्म खारेज हुँदैन, तबसम्म जनताले यसको विरुद्धमा संघर्ष गर्नुपर्छरगरिरहनुपर्छ ।’

अध्यक्ष केसीले नेपालका ठूला दलहरूबीच अमेरिकी आशीर्वाद कसले लिने भन्नेबारे प्रतिस्पर्धा चलिरहेको दाबी गरे । ‘एमसीसी मेरो दलले पारित गराएको हो भनेर अमेरिकासामु भन्ने र आशीर्वाद लिएर त्यसैको आडमा राजनीति गर्नेहरूको ठूलै प्रतिस्पर्धा छ । ठूला दलहरू यही गरिरहेका छन् ।’

अध्यक्ष केसीले एमसीसी खारेज नभए नेपालको स्थिति इराक, सिरिया र अफगानिस्तानको जस्तो हुने दाबी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com