२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

क्रिकेट हेर्न नगरपालिकाले दियो दुई दिन विदा

रौतहट । रौतहटको इशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगिता हेर्न दुई दिनको सार्वजनि विदा दिएको छ । नगरपालिकामा सञ्चालित अन्तरपालिका स्तरिय मेयर कप टि ट्वान्टि क्रिकेट प्रतियोगिता २०७८ अन्तिम चरणको खेलका लागि भन्दै आज र भोलि नगरपालिका भरी बिदा दिएको हो ।

नगर प्रमुख सन्तोष मेहत्ता र उपप्रमुख हुस्ने आराद्धारा संयुक्त रुपमा हस्ताक्षरित सुचनामा सो प्रतियोगितामा नगरपालिकाका कर्मचारी समेत व्यवस्थापन गर्नुपर्ने भएकाले आज र भोलि बिदा दिइएको बताइएको छ । नगर पालिकाको यस्तो निर्णयको सर्वत्र आलोचना भइरहेको छ ।

नागरिकलाई सहज र सुलभ तरिकाले सेवा प्रभाव गर्नुपर्ने स्थानीय सरकारले अनावश्यक रुपमा दुई दिनको बिदा दिनु गलत भएको भन्दै यस्तो निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । २४ गते नारी दिवसको अवसरमा विदा भएको , २५ र २६ गते ‘क्रिकेट हेर्ने’ विदाका कारण सेवाग्राही नागरिकहरुले सास्ती बेहोर्नु पर्ने भन्दै त्यसलाई खारेज गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले भने आफुहरुलाई स्थानिय सरकारले आफ्नो अधिकार प्रयोग गरेर दिएको स्थानिय विदा खारेज गर्ने अधिकार नभएको तर प्रदेश सरकारले चाहेँ त्यसलाई खारेज गर्न सक्ने प्रतिक्रिया दिएका छन् ।

नगर प्रमुख सन्तोष मेहत्ता भने आफुहरुले कानुन दिएको अधिकारको प्रयोग गरेर कार्यपालिकाबाट निर्णय गराएर विदा दिएको भन्दै यसको आलोचना गर्नुको कुनै तुक भएको तर्क गर्छन् ।

उनले नगरपालिकाले आयोजना गरेको प्रतियोगिता भएकाले सेमिफाइनल र फाइनलमा नगरपालिकाका कर्मचारी व्यवस्थापनमा खटिनुपर्ने भएकाले सेवा लिन नागरिकलाई असहज नहोस् भनेर विदा दिइएको बताए ।

स्थानिय सरकारको अधिकारको दुरुपयोग गरेर दिइएको यस्ता अनावश्यक विदाले नागरिकले दुःख बेहोर्नुपर्ने भन्दै यसलाई तुरुन्त खारेज गर्नुपर्ने स्थानीयको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com