२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

माधव कुमार नेपालले गठबन्धनका नाममा आफ्नो पार्टीले अपमान नसहने निष्कर्ष

जनसेवा न्युज संवाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका नाममा आफ्नो पार्टीले अपमान नसहने बताएका छन् । मंगलबार काठमाडौमा भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दलभित्र तालमेल गरेर चुनावमा जाने सहमति भएको र सोही अनुसार उम्मेदवार तय गर्ने काम भइरहेको बताए ।

अध्यक्ष नेपालले पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएकाले जहाँ-जहाँ हुन्छ त्याहाँ तालमेल गरेर अघि बढ्ने र तालमेल हुन नसकेका स्थानमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए । ‘पाँच दलभित्रै सहमति गरेर जाने सैद्धान्तिक सहमति भएको छ र त्यही अनुसारको गृहकार्य पनि भइरहेको छ’, अध्यक्ष नेपालले भने, ‘सहमति नभए मित्रतापूर्ण प्रतिस्पर्धामा जाने भनेर टुंगो लगाएका छौ । कतिपय जिल्लामा सहमति भएको छ । कतिपय ठाउँमा हुने क्रम जारी छ ।’

उनले कतिपय स्थानमा आफ्नो पार्टीलाई अपमान गर्न खोजिएको भन्दै त्यस्तो अपमान सहेर तालमेल नगर्ने पनि बताए । नेता नेपालले आफ्नो पार्टी अपमान सहन नजन्मेको समेत दावी गरे । ‘हामी अपमान सहनलाई जन्मेका होइनौ, अपमानविरुद्धको विद्रोहका लागि जन्मेका हौ । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ’, अध्यक्ष नेपालले भने, ‘तर हामीले आफ्नो शक्तिको अति मुल्यांकन पनि गर्नुहुँदैन ।’ उनले पार्टी गठनको सात महिनाको अवधिमा वडा वडामा फैलिएको र पार्टी प्रवेश गर्नेको लहर बढेबाटै जनताको विश्वास बढेको पुष्टि भएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com