२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

महिला फुटबल र महिला भलिबलमा नेपालले पहिलो पटक एसियन गेम्स खेल्ने

महिला फुटबल र महिला भलिबलमा नेपालले पहिलो पटक एसियन गेम्स खेल्ने

 

काठमाडौं । नेपालको महिला फुटबल टिम र महिला भलिबल टिमले पहिलो पटक एसियन गेम्समा सहभागिता जनाउने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको होन्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्समा नेपालको महिला फुटबल र महिला भलिबल टिमलाई सहभागि गराउने निर्णय गरेको हो ।

नेपालको पुरुष फुटबल टिम र पुरुष भलिबल टिमले भने यसअघि एसियन गेम्समा सहभागिता जनाइसकेका छन् । तर चीनमा हुने १९औं एसियन गेम्समा भने नेपालबाट दुवै खेलको पुरुष टिम सहभागि हुने छैन ।

नेपालको महिला भलिबल टिमले गत पुसमा बंगलादेशमा सेन्ट्रल जोनको उपाधि जितेर पर्केपछि नै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले महिला टिमलाई एसियन गेम्समा सहभागिता गराउने वचन दिएका थिए ।

पाँच पटक दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको महिला भलिबल टिम दुई पटक सेन्ट्रल जोन खेलेको छ । सेन्ट्रल जोनमा नेपालले दुवै पटक अपराजित रहेर उपाधि जितेको थियो ।

एसियन गेम्समा पहिला ह्याण्डबल पनि पहिलो पटक समावेश गरिएको छ ।

यस्तै एसियन गेम्समा ८ वर्षपछि नेपालको पुरुष क्रिकेट टिमले प्रतिस्पर्धा गर्ने भएको छ । क्रिकेट खेल नै ८ वर्षपछि एसियन गेम्समा पर्कँदा नेपालको पुरुष टिमले पनि सहभागिता जनाउने भएको हो । यसअघि २०१८ मा इन्८नेसियामा भएको १८औं एसियन गेम्समा क्रिकेट समावेश थिएन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com