२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

चार खेल बाँकी छँदै रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

चार खेल बाँकी छँदै रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

 

एजेन्सी । यो सिजनको स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ। गएराति स्पान्योलमाथि ४-० को सानदार जित निकाल्दै रियल चार खेल बाँकी छँदै च्याम्पियन बनेको हो ।

रियलले ३४ खेलबाट ८१ अंक जाडेको छ । दोस्रो स्थानमा रहेको सेभिया १७ अंकले तथा एक खेल कम खेलेको बार्सिलोना १८ अंकले पछि पारेको छ ।
बाँकी चार खेलमा सेभियाले सबै जित निकाले ७६ र बार्सिलोनाले पाँचै खेल जित्दा उसको ७८ अंक मात्रै पुग्ने छ ।

स्पान्योलमाथि घरेलु मैदानमा सानदार जित निकाल्ने क्रममा रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एक–एक गोल गरे।

खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए । ४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा २–० ले अघि बढाए।

५५ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३-० ले अघि बढाए । ८१ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे ।

समग्रमा रियलले ३५ औं ला लिगा उपाधि जितेको छ । रियल पछिल्लोपटक २०१९-२० को सिजनमा च्याम्पियन बनेको थियो ।

पराजित स्पान्योल ३९ अंक जोडेर १३औं स्थानमा रहेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com