२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधार

 

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गरेको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिएको कूटनीतिज्ञहरूले बताएका छन् । २५६६औँ बुद्ध जयन्तीको अवसर पारेर सोमबार लुम्बिनीमा भएको मोदीको भ्रमण पाँचौँ र उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएयताको पहिलो रहेको छ ।

यसरी मोदीबाट पटक पटक नेपाल भ्रमण हुनुले दुई मुलुकबीचको सम्बन्ध सही मार्गमा छ भन्ने सन्देश गएको पनि उहाँहरूको बुझाइ छ । सरसर्ती हेर्दा मोदीको यो भ्रमण धार्मिक प्रकृतिको देखिए पनि यो अवसरलाई दुवै मुलुकले एक अर्काबीच कूटनीतिक सम्बन्ध सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रयोग गरिरहेको भारतका लागि नेपालका पूर्वराजदूत प्रा।डा। लोकराज बरालले बताए । उनले भने, “गौतम बुद्ध भारतमा जन्मिनुभएको हो भन्दै विगतमा फैलिएको भ्रमलाई चिर्नसमेत यो भ्रमण फलदायी भएको छ । धार्मिक, सांस्कृतिक तथा अन्य क्षेत्रका विकासको हिसाबले पनि नेपालले यसलाई सदुपयोग गर्नुपर्छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com