२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

घरभित्रका पुरुषलाई छाडा हुन नदिऔं : अञ्जना विशंखे

घरभित्रका पुरुषलाई छाडा हुन नदिऔं : अञ्जना विशंखे

जनसेवा न्युज डटकम संवाददाता

संघीय सांसद अञ्जना विशंखेले आफ्नै घरभित्रका पुरुषलाई छाडा नहुन सम्झाउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

उनले महिलाका हकमा कठोर कानुन बनेको भन्दै घर भित्रैका लाई सम्झाउनुपर्ने बताइन् । ‘अब घरमा आफ्नै श्रीमान्, छोरा र बुवालाई अब छाडा हुन पाईंदैन भनेर समेत सम्झाउनुपर्छ ।’ ‘अनावश्यक मुद्दा लाग्ने विषयमा पुरुष आफै पनि सचेत हुनुपर्ने बताउँदै उनले महिला यौन हिंसाका लागि कठोर कानुन ल्याउनुपर्नेमा जोड दिइन् ।

उनले १८ वर्षभन्दा कम उमेरकाले मतदानसमेत गर्न नपाउने अवस्थामा मिस टिन जस्ता कार्यक्रममा पनि सहभागी गराउन नमिल्ने तर्क गरिन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com