२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।

सरकारले मंगलबार संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिँदै सचिव भट्टराईले व्यापार घाटा, मुद्रास्फीति बढेको, मूल्यबृद्धि बढेको विदेशी लगानी घटेको, राजश्व सङ्कलन हुन नसकेको र पुँजीगत खर्च समेत हुन नसकेको अवस्थामा सरकारले ल्याएको कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको बताएका हुन् ।

‘समस्या सम्बोधन गर्ने कुनै विकल्प आएका छैनन् । आउने वर्ष डरलाग्दो आर्थिक सङ्कट हामीले सामना गर्नु पर्ने हुन्छ । मुलुक त्यतातिर जाँदैछ’, भट्टराईको भनाइ छ । उनले सरकारको नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै भएको टिप्पणी गरे । ‘यो नीति तथा कार्यक्रम समयको बर्बादी मात्र हो । यो सरकार जति समय रहन्छ त्यो पनि समयको बर्बादी हो’, भट्टराईको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com