२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

जेष्ठ नागरिक नीति बनाइने

जेष्ठ नागरिक नीति बनाइने

जनसेवा न्युज डटकम संवाददाता

जेष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने भएको छ । सरकारको आ।व। २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति तर्जुमा गरिने बताएकी हुन् ।

जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गरिने पनि बताइन् । उनले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यकका समस्या सम्बोधन गर्न जिल्लास्तरमा समन्वय इकाईको प्रवन्ध गर्ने पनि बताइन् । उनले अपांगता भएका व्यक्तिको संरक्षण र आत्मनिर्भरताका लागि शिक्षा, प्रविधि र सीपमा पहुँच वृद्धि गरिने पनि उल्लेख गरिन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com